चिया निर्यातमा देखिएको समस्या समाधान गर्न सरकारले पहल गरिरहेको छ : मन्त्री चौधरी


काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले चिया निर्यातमा देखिएको समस्या समाधान गर्न सरकारले पहल गरिरहेको बताएकी छन्।

बुधबार विनियोजन विधेयक २०८३ को मन्त्रालयका विभिन्न शीर्षकमाथि उठेको प्रश्नको जवाफ दिँदै सरकारले कूटनीतिक माध्यमबाट सरकारले पहल गरिरहेको बताइन्।

‘‘विगतमा जस्तै सहज रूपमा चिया निर्यात सहजीकरण गर्न चिया उद्योगीहरूका समस्या समाधानका लागि मन्त्रालयको गम्भीर भएर पहल भइराखेको छ। यस विषयमा प्राविधिक तथा कूटनीतिक रूपमा आवश्यक पहल गरिएको छ,’ उनले भनीन् ।

मन्त्री चौधरीले सरकारले किसानलाई राहत दिनका लागि आवश्यक अनुदान बजेटको पनि व्यवस्था गरेको बताइन् ।