काठमाडौँ । साउदी अरबले गर्ने भनिएको अनिवार्य सीप परीक्षण कार्यक्रम स्थगित भएको छ ।
बसुन्धारास्थित ‘सीप परीक्षण कार्यक्रम’ (एसभीपी) सञ्चालन गर्न खोलिएको इन्डस्ट्रियल ट्रेनिङ इन्स्टिच्युट नेपाल प्रालिले सूचना टाँसेर स्थगित भएको जनाएको हो ।
वैदेशिक रोजगार व्यवसायीहरूले आज बिहान एकाधिकार खडा गरी सीप परीक्षणको नाममा प्रमाणपत्र बेच्न श्रमिकमाथि रकम असुल गर्न खोजेको भन्दै तालिम प्रदायक संस्थामा घेराउ गरेका थिए । व्यवसायीहरुले आन्दोलन गरेसँगै ट्रेनिङ इन्स्टिच्युटले स्थगितको सूचना टाँसेको हो ।




प्रतिक्रिया