काठमाडौं । गृहमन्त्री सुधन गुरुङले सुरक्षा निकायमा हुने राजनीतिक दबाब र चलखेल अन्त्य भएको दाबी गरेका छन् ।
बिहिबार बसेको विपद् व्यवस्थापन समिति बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले गलत गर्ने आफ्नो पार्टीकै रहेपनि नछाड्ने बताए ।
‘सेवा नै हाम्रो धर्म हो । सुरक्षा निकायहरू नागरिकको सेवामा खट्ने हो । अपराध नियन्त्रणदेखि लिएर सबै कुरामा सबै सुरक्षा निकायका प्रमुखहरूसँग हिजो बैठक बसेको थियो । यसमा हामी निर्मम रूपमा प्रस्तुत हुन्छौँ । गलत गर्ने आफ्नो पार्टी, अर्काको पार्टी भनेर हामीले हेर्दैनौँ । गलतलाई गलत नै भन्छौँ,’ उनले भने ।



प्रतिक्रिया