काठमाडौँ। गृहमन्त्री सुधन गुरुङले जरासम्म पुगेर लागुऔषध नियन्त्रण गर्न निर्देशन दिएको बताएका छन् ।
बिहीबार सङ्घीय संसद्मा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री गुरुङले यस्तो बताएका हुन् ।
काठमाडौँको नागढुंगा चेकपोस्टमा प्रहरी कर्मचारीले रकम लिएको घटनाबारे छानबिन गर्न निर्देशन दिइएको उनले जानकारी दिए। ‘काठमाडौँमा रकम उठाएको घटनाबारे छानबिन गर्न निर्देशन दिएको छु,’ उनले भने ।
मन्त्री गुरुङले जरासम्म पुगेर लागुऔषध नियन्त्रण गर्न निर्देशन दिएको बताए । ‘लागु औषध नियन्त्रण गर्न गत वर्ष ७९ लाख बजेट रहेकोमा आगामी वर्षको लागी २ करोड २७ लाख विनियोजन गरिएको छ,’ उनले भने ।
लागुऔषध विरुद्धको सचेतना बढाइने पनि उनले बताए । साथै ईन्टरनल सफ्टवेयर बनाएर कार्य प्रगतिबारे मनिटर गरिने मन्त्री गुरुङको भनाई छ ।



प्रतिक्रिया