काठमाडौं, असार ५ । नेपालका लागि जर्मनीका राजदूत उडो युजेन भोल्जले हालै आफ्नो प्रधानमन्त्री कार्यालय भ्रमणलाई लिएर बाहिर आएका हल्लाबारे स्पष्टीकरण दिएका छन्।
राजदूत भोल्जले सामाजिक सञ्जाल एक्समार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले लेखेका छन्, ‘नेपालका मिडिया आउटलेटहरूले मेरो हालैको प्रधानमन्त्री कार्यालयको भ्रमणको बारेमा विभिन्न रूप र तरिकाले रिपोर्टिङ गरिरहेका छन्। म यो कुरा जोड दिन चाहन्छु कि न त मैले व्यक्तिगत रूपमा न त जर्मन दूतावासले यस विषयमा पत्रकारहरूसँग कुनै छलफल गरेको छु र यस सम्बन्धमा कुनै प्रकाशनलाई अनुमति दिएको छु।’
जर्मन कम्पनीहरू संलग्न रहेको इ-पासपोर्ट ठेक्का प्रक्रिया र सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको भेटघाटको विषयलाई लिएर विभिन्न सञ्चारमाध्यममा कूटनीतिक वृत्तमा तरंग आएको भन्दै समाचारहरू प्रकाशित भएपछि राजदूतको यस्तो भनाइ बाहिर आएको हो।
उनले प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयले जर्मन राजदूतलाई कूटनीतिक मर्यादाभन्दा बाहिर गएर गरेको व्यवहारबारे भने उनले स्पष्ट खण्डन गरेका छैनन्। उनले आफू वा दूतावासको तर्फबाट यस विषयमा कुनै पनि आधिकारिक कुराकानी नभएको कुरा मात्रै स्पष्ट पारेका छन्।




प्रतिक्रिया