काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट नेता वर्षमान पुन अनन्त जाने भएका छन् ।
नेकपाले महाधिवेशनको उदघाटन शत्रमा शुभकामना दिन पुनलाई पठाउने भएको हो । रास्वपाले भरतपुरको गेष्ट हाउस चौरमा हुने सम्मेलन उदघाटन समारोहमा सहभागी हुन संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)लाई निमन्त्रणा पठाएको थियो ।
पूर्ण रुपमा स्वास्थ्य ठीक नभइसकेका कारण प्रचण्डले पुनलाई पठाउन लागेको नेकपा स्रोतले जानकारी दियो ।
नेता पुनले आफू रास्वपा महाधिवेशनमा शुभकामना दिन आइतबार बिहानै चितवन जान लागेको बताए ।



प्रतिक्रिया