काठमाडौं, असार ८ । फिफा विश्वकप २०२६ अन्तर्गत सोमबार बिहान भएको खेलमा उरुग्वे र केप भेर्डेले २–२ गोलको बराबरी खेलेका छन्। मियामी स्टेडियममा भएको खेलमा उरुग्वेका म्याक्सी अराउजो र अगुस्टिन कानोब्बियोले समान एक–एक गोल गरे भने केप भेर्डेका केभिन पिना र हेलिओ भारेलाले समान एक–एक गोल गरे।
खेलको २१औँ मिनेटमा पिनाले गोल गर्दै केप भेर्डेलाई सुरुआती अग्रता दिलाएका थिए। त्यसपछि ४४औँ मिनेटमा अराउजोले गोल गर्दै खेललाई १–१ को बराबरीमा पुर्याए। पहिलो हाफको इन्जुरी समयको छैटौँ मिनेटमा कानोब्बियोले गोल गरेपछि उरुग्वेले २–१ को अग्रता बनाएको थियो।
तर, दोस्रो हाफको ६१औँ मिनेटमा भारेलाले गोल गर्दै केप भेर्डेलाई २–२ को बराबरीमा ल्याए र खेल त्यही नतिजामा सकियो।यस बराबरीसँगै समूह ‘एच’मा रहेका उरुग्वे र केप भेर्डेले दुई खेलबाट समान दुई–दुई अंक जोडेका छन्। उरुग्वे दोस्रो तथा केप भेर्डे तेस्रो स्थानमा छन्।



प्रतिक्रिया