झापा । झापाको गौरीगञ्जमा विषालु सर्पले डस्दा गौरीगञ्ज गाउँपालिका ४ स्थित बाइसेटोल निवासी ८८ वर्षीया पञ्चमाया शेर्माको मृत्यु भएको छ ।
प्रहरीका अनुसार आइतबार साँझ साढे ६ बजे कुखुराको खोरको ढोका लगाउने क्रममा शेर्मालाई खोर छेउमा रहेको इँटाको चाङबाट विषालु सर्प निस्किएर दाहिने हातको माझी औँलामा डसेको थियो । घाइते पञ्चमायालाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड ल्याइएको थियो ।
उनको उपचारका क्रममा राति १०:४५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया