रास्वपाकाे ‘वरिष्ठ नेता’मा निर्वाचन नहुने


काठमाडौं । रास्वपाकाे वरिष्ठ नेताको पदमा निर्वाचन नहुने भएको छ। नयाँ विधानमा वरिष्ठ नेताको पद सिर्जना गरिएको छ र वालेन्द्र शाहको समूह पार्टीमा समाहित भएपछि विशेषतः उनकै लागि यो पद सिर्जना गरिएको हो।

त्यसैकारण पनि विधानमा यो पदमा निर्वाचन नहुने व्यवस्था गरिएको छ, जसलाई महाधिवेशनले अनुमोदन गर्नेछ।
चुनावका बेला बालेन समाहित हुँदा विधानमा वरिष्ठ नेता पद नभए पनि महाधिवेशनको पूर्वसन्ध्यामा प्रस्तावित विधान संशोधन गरेर उक्त पद राखिएको हो।

वरिष्ठ नेतामा प्रधानमन्त्री बालेन शाहलाई नै निरन्तरता दिने रास्वपाको तयारी छ । वरिष्ठ नेता पदकै निर्वाचन नहुने भएपछि उनले केन्द्रीय सदस्यका लागि पनि प्रतिस्पर्धा गर्नुपर्ने छैन।