१६ वर्षीया किशोरीलाई करणी गरेको अभियोगमा एक युवक पक्राउ


कैलाली । कैलालीमा १६ वर्षीया एक किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा जोशीपुर गाउँपालिका १ राजीपुर बस्ने २६ वर्षीय मिलन साउद रहेका छन्।

किशोरीलाई जबरजस्ती करणी गरेको भन्दै प्रहरीमा उजुरी परेपछि उनलाई आइतबार बेलुकी प्रहरीले नियन्त्रणमा लिएको हो।

घछ्नाबारे थप आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।