कैलाली । धनगढी उपमहानगरपालिकाले अत्याधिक गर्मी बढेपछि चार दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ । उपमहानगरपालिकाका शिक्षा अधिकृत जयराज जैशीले सोमबार सूचना प्रकाशित गरी अत्याधिक गर्मीका कारण चार दिन विद्यालय बन्द गर्नुपरेको जानकारी दिएका छन् ।
सूचनामा असार ९ देखि १२ गतेसम्म सामुदायिक तथा संस्थागत विद्यालयलाई बिदा दिइएको उल्लेख छ ।
धनगढी लगायतका आसपासका क्षेत्रको तापक्रम ४० डिग्री सेल्सियसको आसपास पुगेको बताइएको छ ।




प्रतिक्रिया