काठमाडौँ । काठमाडौँ महानगरपालिका ४ धुम्बाराहीबाट स्रोत नखुलेको नगद ११ लाख सहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौँ तारकेश्वर बस्ने नुवाकोट ककनी गाउँपालिका ५ घर भएका ३९ वर्षीय समिर लामा रहेका छन्।
उनी आइतबार राति पक्राउ परेको प्रहरीले जानकारी दिएको छ। प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले बा.प्र.०२-०६५ प ५७८८ नम्बरको स्कुटरमा सवार उनलाई उक्त नगद सहित फेला पारेको हो ।
उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



प्रतिक्रिया