कतारमा भएको विस्फोटमा नेपाली घाइते


काठमाडौं । कतारको रस लाफान औद्योगिक सहरमा रहेको ग्यास प्रशोधन प्लान्टमा भएको विस्फोटमा नेपाली घाइते भएका छन् ।

१३ जनाको मृत्यु भएको विस्फोटको घटनामा नेपाली पनि घाइते भएका हुन् । मृत्यु हुने १३ जनामा १२ भारतीय नागरिक रहेको टाइम्स अफ इन्डियाले जनाएको छ ।

स्थानीय सञ्चारमाध्यमले घाइते हुनेहरूमा नेपालसहित भारत, कतार, तान्जानिया, पाकिस्तान, गिनी, बंगलादेश, केन्या र नाइजेरियालगायत धेरै देशका नागरिक रहेको बताएका छन् ।

घाइते भएका ६६ जनाको उपचार भइरहेको छ । घाइतेहरू कसैको पनि ज्यान जोखिममा नरहेको समाचारमा उल्लेख छ ।