काठमाडौँ । राहदानी छपाइ ठेक्का प्रकरणमा पक्राउ परेका राहदानी विभागका महानिर्देशक सहसचिव तीर्थराज अर्यालसहित ७ जनामाथि थुनछेक बहस हुँदैछ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्याललाई असार २ गते पक्राउ गरेको थियो । अनुसन्धानपछि १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको थियो । मुद्दा दायर भएकामध्ये ७ जनालाई आज थुनछेक बहसका निम्ति विशेष अदालतमा आज हाजिर गराइएको हो ।
विशेष अदालतका प्रवक्ता उपरजिष्ट्रार कृष्णशरण लामिछानेका अनुसार अहिले इजलाशमा बयान चलिरहेको छ । समय मिलेमा आजै बहस हुने र थुनछेकसम्बन्धी आवश्यक आदेश हुनसक्ने उनले बताए । बयान नसकिएमा मुद्दा हेर्दाहेर्दैमा जाने सम्भावना पनि रहेको उनको भनाइ छ ।
अख्तियारले १० कर्मचारी, २ कम्पनी, ४ विदेशी नागरिक र २ जर्मन कम्पनीका नेपाली प्रतिनिधिलाई प्रतिवादी बनाएर मुद्दा पेश गरेको छ ।



प्रतिक्रिया