रास्वपा महाधिवेशन : बन्दसत्र २ बजेदेखि सुरु हुने


चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जारी पहिलो राष्ट्रिय महाधिवेशन अन्तर्गत बन्दसत्र आज दिउँसो २ बजेदेखि सुरु हुने भएको छ।

बन्दसत्रमा विभिन्न प्रतिवेदनहरू प्रस्तुत गर्ने र नयाँ नेतृत्व चयनको प्रक्रिया अघि बढाउने गरी विस्तृत कार्यतालिका तय भएको महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।

उनका अनुसार बिहान १० बजेदेखि नै प्रतिनिधि दर्ताको कार्य सुरु भइसकेको छ। प्रतिनिधि व्यवस्थापन उपसमितिले दर्ता प्रक्रियालाई अगाडि बढाएको हो । बिहान ११:४५ बजे खानाको समय पश्चात् दिउँसो २ बजे पार्टी सभापति रवि लामिछानेले बन्दसत्रको औपचारिक आरम्भ गर्ने कार्यक्रम तय भएको जनाइएको छ।