सरकारले गरिखान नदिएको भन्दै दृष्टीविहीनहरुले दिए माइतीघरमा धर्ना


काठमाडौं । सरकारले गरिखान नदिएको भन्दै दृष्टीविहीनहरुले माइतीघरमा धर्ना दिएका छन् ।

सडक पेटीमा बसेर गीत गाउँदै जीविकोपार्जन गर्दै आउँदा धरपकड गरेको भन्दै उनीहरुले मंगलबार धर्ना दिएका हुन् ।

‘घाम, पानी, धुलो, धुवाँ सहनु हाम्रो रहर होइन, बाध्यता हो, विकल्प नदिई सडक पेटी छोड्दैनौँ’ भन्ने नारासहित उनीहरूले जीविकोपार्जनको अधिकार सुनिश्चित गर्न सरकारसँग माग गरेका छन् ।

उनीहरुले राज्यका निकायहरुले जबरजस्ती उठाउन खोजेको आरोप समेत लगाएका छन् ।