काठमाडौं, असार ९ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सभापतिमा रवि लामिछाने सर्वसम्मत भएका छन् । सभापतिका लागि मनोनयन दर्ता गर्ने निर्धारित समयमा लामिछानेको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध सभापति भएका छन् ।
केन्द्रीय निर्वाचन आयोगका अनुसार प्रधानमन्त्री समेत रहेका वरिष्ठ नेता बालेन शाहको प्रस्ताव र ५१ जना सदस्यहरूको समर्थनमा लामिछाने निर्विरोध निर्वाचित भएका हुन्।
केन्द्रीय समिति सदस्यका लागि अहिले उम्मेदवारी दर्ताको काम भइरहेको छ । भोलि बिहान ९ बजेबाट मतदान सुरु हुनेछ । रास्वपाका संस्थापक सभापति लामिछाने नयाँ विधानअनुसार दुई कार्यकाल सभापति बन्न सक्ने छन् ।



प्रतिक्रिया