काठमाडौं, असार १० । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनबाट रवि लामिछाने पुनः सभापतिमा निर्विरोध निर्वाचित भएपछि प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेन शाहले खुसी व्यक्त गरेका छन्।
चितवनमा जारी महाधिवेशनमा अन्य कुनै उम्मेदवार नउठेपछि केन्द्रीय निर्वाचन आयोगले लामिछाने निर्विरोध निर्वाचित भएको घोषणा गरेपछि खुसि व्यक्त गर्दै प्रधानमन्त्री शाहले मध्यरातमा आफू र रवि लामिछानेको स्केच चित्र साझा गर्दै पार्टीको आगामी यात्राका लागि शुभकामना दिएका छन् ।
मंगलबार भएको उम्मेदवारी दर्ताका क्रममा प्रधानमन्त्रीसमेत रहेका पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको प्रस्तावमा रविले सभापति पदमा उम्मेदवारी दिएका थिए। त्यसपछि उक्त पदमा अर्को दाबी नपरेपछि उनी पुनः नेतृत्वमा दोहोरिएका हुन्।बालेनले रोमन नेपालीमा लेखेका छन्, “हाम्रो पार्टीलाई शुभकामना। सबै जना सफल हुनुस्। देशलाई सफल बनाउनुस्।”



प्रतिक्रिया