काठमाडौं, असार १० । राष्ट्रिय स्वतन्त्र पार्टीको चितवनमा जारी महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया जारी छ । सभापतिमा रवि लामिछाने सर्वसम्मत भइसकेका छन् । ९९ केन्द्रीय सदस्यका लागि ३५५ जनाको उम्मेदवारी परेको छ । तर, उम्मेदवारको सूचीमा वरिष्ठ नेता एवम् प्रधानमन्त्री बालेन शाहको नाम छैन ।
प्रधानमन्त्री बालेनका लागि केन्द्रीय समितिमा वरिष्ठ नेता पद सुरक्षित छ । सहमतिअनुसार सभापति रवि लामिछानेले बालेनलाई वरिष्ठ नेता मनोनित गर्न सक्ने भएपनि त्यसका लागि पनि बालेन केन्द्रीय सदस्य भने हुनुपर्छ ।
प्रधानमन्त्री शाह भने महाधिवेशन नसकिँदै काठमाडौं फर्किसकेका छन् । चितवनको भरतपुरस्थित विमानस्थलबाट प्रधानमन्त्री शाह उनका परिवारका सदस्यहरूसहित जहाजबाट काठमाडौं फर्किएका हुन् ।



प्रतिक्रिया