महाधिवेशन नसकिँदै प्रधानमन्त्री बालेन फर्किए काठमाडौं


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को चितवनमा जारी महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया जारी छ । सभापतिमा रवि लामिछाने सर्वसम्मत भइसकेका छन् । ९९ केन्द्रीय सदस्यका लागि झण्डै ४ सय जनाको उम्मेदवारी परेको छ ।

महाधिवेशन नसकिँदै प्रधानमन्त्रीसमेत रहेका वरिष्ठ नेता बालेन शाह भने काठमाडौंतर्फ प्रस्थान गरेका छन्।

चितवनको भरतपुरस्थित विमानस्थलबाट प्रधानमन्त्री शाह उनका परिवारका सदस्यहरूसहित आज काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलतर्फ प्रस्थान गरेका हुन्।