काठमाडौं, असार ११ । फिफा विश्वकप २०२६ अन्तर्गत बिहीबार बिहान भएका खेलमा ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश गरेका छन्।
समूह ‘सी’मा ब्राजिलले स्कटल्यान्डलाई ३–० गोलले पराजित गर्दै ७ अंकसहित समूह विजेता बन्यो। ब्राजिलका भिनिसियस जुनियरले दुई तथा मथेउस कुन्हाले एक गोल गरे।
यस्तै, मोरक्कोले हाइटीलाई ४–२ गोलले हराउँदै ७ अंक नै जोड्यो। समान अंक भए पनि आपसी भेटको आधारमा मोरक्को समूह उपविजेता बन्यो। हाइटी यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेको छ भने स्कटल्यान्डको अर्को चरण पुग्ने सम्भावना भने अझै बाँकी छ।



प्रतिक्रिया