रास्वपा पदाधिकारी निर्वाचन : साढे ६ बजे मनोनयन दर्ता


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पदाधिकारी चयनका लागि आज साँझ साढे ६ बजे मनोनयन दर्ता हुने भएको छ । पार्टीको केन्द्रीय निर्वाचन आयोगले निर्वाचन कार्यतालिकामा पाँचौँपटक संशोधन गर्दै मनोनयन दर्ताको नयाँ समय तय गरेको हो ।

संशोधित कार्यतालिकाअनुसार मनोनयन दर्तापछि उम्मेदवारहरूको अन्तिम नामावली राति पौने ९ बजे प्रकाशन गरिनेछ । लगत्तै राति सवा ९ बजेबाट मतदान प्रक्रिया सुरु हुने आयोगले जनाएको छ ।

निर्वाचन सम्पन्न भएपश्चात् तत्कालै मतगणना सुरु गरिने र राति साढे १ बजेभित्र पदाधिकारीको अन्तिम मतपरिणाम घोषणा गरिसक्ने निर्वाचन आयोगको तयारी छ । रास्वपाको नयाँ नेतृत्व र पदाधिकारी चयनका लागि यो निर्वाचनलाई चासोका साथ हेरिएको छ ।