काठमाडौँ । नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद र गुटगत ध्रुवीकरणले नयाँ मोड लिएको छ । सभापति गगन थापाको अगुवाइमा सम्पन्न विशेष महाधिवेशनपछि रक्षात्मक बनेका शेरबहादुर देउवा र डा. शेखर कोइराला समूहले मोर्चाबन्दी कसिलो पार्दै छुट्टै सम्पर्क कार्यालय सञ्चालन गर्ने तयारी गरेका छन् ।
काठमाडौँको महाराजगन्जस्थित अमेरिकी दूतावास पछाडि चुनदेवीमा दुवै समूहको संयुक्त लगानी र समन्वयमा १५औँ महाधिवेशन तयारी सम्पर्क कार्यालय खोल्ने अन्तिम तयारी भइरहेको स्रोतको दाबी छ ।
चुनदेवीमा खुल्न लागेको सम्पर्क कार्यालय चुनावी तयारी मात्र नभएर संस्थापन इतरको नयाँ शक्ति केन्द्र बन्ने विश्लेषकहरुको अनुमान छ ।



प्रतिक्रिया