काठमाडौं, असार १२ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को उपसभापति पदमा स्वर्णिम वाग्ले निर्विरोध भएका छन्। पुरुषतर्फ एक उपसभापति पदका लागि विराजभक्त श्रेष्ठले आफ्नो दाबी फिर्ता गरेपछि अर्थमन्त्रीसमेत रहेका वाग्ले निर्विरोध भएका हुन्। श्रेष्ठ वाग्लेको प्रस्तावक बसेका छन्।
पार्टी विधानअनुसार एक सभापति, दुई उपसभापति, एक महामन्त्री र तीन सह–महामन्त्री पदका लागि चुनाव हुने व्यवस्था छ। सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भइसकेका छन्।



प्रतिक्रिया