काठमाडौं, असार १२ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सहमहामन्त्रीमा मिलन लिम्बुले उम्मेदवारी घोषणा गरेका छन् । केन्द्रीय सदस्यमा निर्वाचित भएसँगै उनले सहमहामन्त्रीमा उम्मेदवारी घोषणा गरेका हुन् । चितवनमा जारी महाधिवेशनमा पदाधिकारीका लागि आज निर्वाचन हुँदै छ ।
एक जना खुला उपसभापति, एक जना महिला उपसभापति, एक जना खुला महामन्त्री, दुई जना खुला सहमहामन्त्री र एक महिला सहमहामन्त्री पदका लागि निर्वाचन हुने लागेको हो । पार्टीको विधानमा १९ जना पदाधिकारी रहने व्यवस्था छ । जसमध्ये रवि लामिछाने सभापतिमा निर्विरोध भइसकेका छन् ।



प्रतिक्रिया