कांग्रेस महामन्त्री घिमिरे र कोइरालाबीच भेट,के भयाे छलफल ?


काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरे र डा. शेखर कोइरालाबीच भेटवार्ता भएको छ । उनीहरूबीच शुक्रबार बिहान विराटनगरस्थित कोइराला निवासमा भेट भएको हो ।

महामन्त्री घिमिरेले नेता कोइरालासँगको भेटका क्रममा खिचिएको तस्बिर सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै लेखेका छन्, ‘नेपाली कांग्रेसको आन्तरिक राजनीति र समसामयिक विषयमा पार्टीका आदरणीय नेता डा. शेखर कोइरालासँग भेटघाट र छलफल ।’

भेटमा पार्टीको आन्तरिक विवाद समाधान र आसन्न १५औँ महाधिवेशनमा सबै पक्षको सहभागिताबारे छलफल भएको बुझिएको छ ।