काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्रीमा उम्मेदवारी दिएका राजुनाथ पाण्डे पनि पछि हटेका छन् ।
उनले फेसबुकमार्फत उम्मेदवारी फिर्ता लिएको घोषणा गरेका हुन् । पार्टी एकता र सुदृढीकरणका लागि आफूले उम्मेदारी फिर्ता लिएको पाण्डेको भनाइ छ । ‘पार्टीको एकता र सुदृढीकरणको हितलाई सर्वोपरि राख्दै मैले महामन्त्री पदको उम्मेदवारी फिर्ता लिएको छु,’ उनले भनेका छन् ।
अब मनिष झा, रञ्जु दर्शना र विपिन आचार्य मैदानमा छन् ।



प्रतिक्रिया