लागुऔषधको दलदलमा युवा समूह


लुम्बिनी १२, असार । लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नेपालगन्ज र इलाका प्रहरी कार्यालय कोहलपुरको टोलीले गत मङ्गलबार राति करिब १० बजेको समयमा बाँकेको कोहलपुर–१ कौशिलानगरस्थित सार्वजनिक प्रतीक्षालयमा बसेका दुई व्यक्तिसँग आवश्यक सोधपुछ र खानतलासी ग¥यो । त्यस क्रममा उनीहरुसाग रहेको रातो प्लाष्टिकभित्र लुकाइछिपाई राखेको एक किलो २०० ग्राम अफिम बरामद भयो ।

प्रहरीले तत्कालै वैजनाथ गाउँपालिका–३ नौवस्ताका २९ वर्षीय विशाल थापा मगर र कोहलपुर नगरपालिका–१ कौशिलानगरका ४८ वर्षीय गगनबहादुर परियार नाम गरेका ती व्यक्तिलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अघि बढाएको छ ।

रुपन्देहीको सैनामैना नगरपालिका–११ बनकट्टीमा बुटवलदेखि दाङतर्फ जाँदै गरेको लु १ ज ४९३६ नं।को इभी गाडीलाई प्रहरीले रोकेर चेकजाँच गर्दा त्यसमा सवार दाङ घोराही उप–महानगरपालिका–१४ बस्ने वर्ष २८ को रविन बुढाको झोलाबाट ठूलो परिणाममा औषधजन्य लागुऔषध बरामद भयो । प्रहरीले बुढा र गाडीसहित चालकलाई नियन्त्रणमा लिई सो सम्बन्धमा अनुसन्धान गरिरहेको छ ।

रुपन्देही प्रहरीले गत वैशाखमा जिल्लाका मुख्य राजमार्ग तथा भित्री सडकमा गुड्ने सार्वजनिक सवारीका एक सय चालकको परीक्षण अभियान सञ्चालन ग¥यो । उनीहरु लाई पिसाव परीक्षण गर्दा १७ जना चालकमा लागुऔषध सेवन गरेको पाइएकाले नियन्त्रणमा लिई लागुऔषध नियन्त्रण ऐन २०३३ बमोजिम आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीको भनाइ छ ।

प्रहरीको लागुऔषध ओसारपसार, बिक्रीवितरण र सेवन नियन्त्रणका लागि चालिएका यस खालका अभियानका क्रममा फेला परेका व्यक्ति र समूहको अवस्था हेर्दा यस क्षेत्रमा लागुऔषधका घटनाको अवस्था निकै भयावह देखिन्छ । लुम्बिनी प्रदेशका छ वटा तराईका जिल्ला र छ वटा हिमाली तथा पहाडी जिल्लामा हुने लागुऔषधका घटनामा नेपाल–भारत सीमा नै मुख्य समस्या रहेको प्रहरी अधिकारीहरुको बुझाइ रहेको छ ।

रुपन्देही जिल्ला प्रहरीको गत वैशाखको तथ्याङ्क मात्र हेर्दा पनि विभिन्न खाले लागुऔषधको सेवन, ओसारपसार र बिक्रीबितरणको अभियोगमा १९ जनालाई नियन्त्रणमा लिई मुद्दा चलाइएको छ । प्रहरीले गत महिनामा मात्र लागुऔषधको विभिन्न १२ वटा मुद्दा दर्ता गरेको जनाएको छ ।

प्रहरीले उनीहरुबाट गाँजा तीन किलो ९८ ग्राम, ब्राउन सुगर नौ ग्राम ९० मिलिग्राम, डाइजेपाम–१०९ एम्पुल, फेनारगन–११३ एम्पुल, ब्रुफिनुर्फिन–९७ एम्पुल, स्पास्मो–२२५ ट्याब्लेट, प्रोमिथाइजिन–६ एम्पुल, अन्य एम्पुल–२३ र अन्य ट्याब्लेट–१४७ बरामद गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरिक्षक जनकबहादुर शाहीले भारतसँग सीमा जोडिएका जिल्लामा लागुऔषध कारोवारीलाई सहज भएको बताउँछन् ।

लुम्बिनी प्रदेशका १२ जिल्लाबाट गत वर्षको अवधिमा ७४८ लागूऔषधसम्बन्धी घटनामा मुद्दा दर्ता भएको नेपाल प्रहरीले जनाएको छ । प्रदेशका १२ जिल्लामध्ये पहाडी जिल्लाभन्दा तराईका जिल्लामा लागुऔषधको कारोवार तथा ओसारपसार बढी हुने गरेको गतवर्ष २०८२ वैशाखदेखि चैत्रसम्मको नेपाल प्रहरी लुम्बिनी प्रदेश कार्यालय दाङको तथ्याङ्कमा देखिएको छ ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालयको २०८२ वैशाखदेखि चैत्रसम्मको तथ्याङ्कअनुसार बाँके, बर्दिया र रुपन्देही अत्याधिक जोखिमको रुपमा देखिएका छन् । प्रदेशका १२ जिल्लामा भएका लागुऔषधका समग्र घटनामध्ये झण्डै ७० प्रतिशत घटना नेपाल–भारत सीमा क्षेत्रमा रहेका यी जिल्लामा भएको देखिन्छ ।

तीन जिल्लामध्ये सबैभन्दा बढी बाँके जिल्लाका २१७ घटनामा ३२२ जना व्यक्ति पक्राउ परेको प्रहरीले जनाएको छ । पक्राउ परेकामध्ये २९५ जना पुरुष, १८ जना महिला रहेका छन् । यीमध्ये आठ जना भारतीय पुरुष र एक महिला रहेका छन् । यस्तै बर्दिया जिल्लाको १६६ लागुऔषधका घटनामा २४४ जना पक्राउ परेका छन् । यसमध्ये २२९ जना स्वदेशी पुरुष, तीन महिला, ११ भारतीय पुरुष र एक महिला रहेको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

लागुऔषधका घटनामा प्रदेशका १२ जिल्लामध्ये तेस्रो स्थानमा रहेको रुपन्देहीमा गत वर्षको अवधिमा १३७ घटनाको कानूनी प्रक्रिया अगाडि बढाइएको छ । यी घटनामा २३४ जनालाई प्रहरीले नियन्त्रण लिएर मुद्दा चलाएको जनाएको छ । यीमध्ये २०८ पुरुष, चार महिला र २२ भारतीय नागरिक रहेका छन् । यससँगै तराईका तीन जिल्ला दाङ्, कपिलबस्तु र पश्चिम नवलपरासीमा गरी २०१ लागुऔषधका घटनामा ३१४ जना पक्राउ परेरको प्रहरीको तथ्याङ्क छ । यीमध्ये २१ भारतीय नागरिक रहेका छन् ।

प्रदेशका पहाडी जिल्ला रुकुमपूर्व, रोल्पा, प्यूठान, अर्घाखाँची, गुल्मी र पाल्पामा गरी जम्मा जम्मा १७ वटा घटनामा २८ जना पक्राउ परी आवश्यक कानूनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ । लुम्बिनी प्रदेश प्रहरी कार्यालयको तथ्याङ्कअनुसार लागुऔषधको घटनामा उमेर समूह विश्लेषणगर्दा विभिन्न जिल्लाबाट लागुऔषधका घटनामा नियन्त्रणमा लिएका एक हजार १८८ मध्ये १६ वर्षदेखि २५ वर्ष उमेर समूहको सङ्ख्या झण्डै ४२.५१ प्रतिशत अर्थात ५०५ जना रहेका छन् । यसबाहेक १६ वर्षमुनि उमेर समूहको सङ्ख्या ४० जना रहेका छन् । यस्तै २६ देखि ३५ वर्ष उमेर समूहको सङ्ख्या ४२२ जना रहेका छन् । प्रहरीको तथ्याङ्कअनुसार ३६ देखि ४५ वर्ष उमेर समूहको सङ्ख्या १७० र ४६ देखि ६० वर्ष उमेर समूहको सङ्ख्या ४५ र ६० देखि माथि उमेर समूहको सङ्ख्या छ जना रहेको छ ।

प्रदेश प्रहरी कार्यालयका अनुसार प्रदेशमा सबैभन्दा बढी गाँजा र चरेको ओसारपसार तथा कारोवार हुने गरेको पाइएको छ । गत वर्षको अवधिमा प्रदेशमा सबैभन्दा बढी ३७१ किलो ३५ ग्राम गाँजा बरामद भएको छ । यसअन्तर्गत सबैभन्दा बढी बाँकेबाट १३० किलो ९२ ग्राम बरामद र्भको छ । यस्तै रुपन्देहीका विभिन्न स्थानबाट १०५ किलो ८३ ग्राम गाँजा बरामद भएको छ । यस्तै पश्चिम नवलपरासीबाट ४५ किलो ०५ ग्राम, दाङबाट २५ किलो ४१ ग्राम, कपिलबस्तुबाट ३६ किलो ७० ग्राम र अर्घाखाँचीबाट पाँच किलो २८ ग्राम गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ ।

यस्तै एक वर्षको अवधिमा २२ किलो ९२ ग्राम चरेस बरामद भएको छ । यस अवधिमा सबैभन्दा बढी चरेस दाङ जिल्लाबाट १४ किलो ५९ ग्राम चरेस बरामद भएको पाइएको छ । यस्तै रोल्पाबाट चार किलो १६ ग्राम, पश्चिम नवलपरासीबाट दुई किलो २३ ग्राम, रुपन्देहीबाट एक किलो ५८ ग्राम चरेस बरामद भएको प्रहरीले जनाएको छ । बर्दियाबाट मात्र अफिमको कारोवारका लागि ओसारपसार हुँदै गरेको २५ किलो ७० ग्राम बरामद भएको छ ।

यस्तै प्रदेश प्रहरी कार्यालयको तथ्याङ्क अनुसार एक वर्षको अवधिमा बिभिन्न जिल्लाबाट कारोवारका लागि ओसारपसार हुदै गरेको चार हजार सात सय ५९ ग्राम ३७३ मिलीग्राम ब्राउनसुगर बरामद भएको छ । यस अवधिमा सबैभन्दा बढी बाँके जिल्लाबाट २६२३ ग्राम ६०३ मिलीग्राम ब्राउन सुगर प्रहरीले बरामद गरेको छ । यस्तै बर्दिया जिल्लाबाट ७४८ ग्राम ८८३ मिलीग्राम ब्राउन सुगर बरामद भएको छ ।

यस्तै रुपन्देही जिल्लाबाट एक वर्षको अवधिमा ३१९ ग्राम १०२ मिलीग्राम ब्राउन सुगर बरामद भएको छ । यस अवधिमा दाङ जिल्लाबाट २६९ ग्राम १६ मिलीग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ ।

लागु औषधको कारोवारमा यस बाहेर औषधीजन्य लागुऔषधको कारोवार र ओसारपसारका क्रममा प्रहरीले बरामद गरेको परिणामको तथ्याङ्कले डरलाग्दो अवस्था देखाएको छ । यस अवधिमा एक लाख ४ हजार २८२ गोटा औषधीजन्य लागुऔषध प्रहरीले बरामद गरेको छ । यस अनुसार सबैभन्दा बढी पश्चिम नवलपरासीबाट ४७ हजार १८६ गोटा, रुपन्देहीबाट ३० हजार ८३८, बाँके बाट १६ हजार १३३ वटा औषधीजन्य लागुऔषध बरामद भएको छ ।

प्रमुख प्रहरी नायव महानिरिक्षक भूपेन्द्रबहादुर खत्री लागुऔषधको नियन्त्रणमा नेपाल प्रहरीले जनचेतनामूलक र कारवाहीमूलक हिसावले सञ्चालन गरेका क्रियाकलाप मात्र पर्याप्त नभकाले अव समूदायस्तरमा अभियानकै रुपमा विभिन्न कार्यक्रम लैजानुपर्ने आवश्यकता रहेको बताउँछन् ।

अघिल्लो वर्षको तुलनामा लागुऔषधका घटनामा केही कमी देखिए पनि यसलाई सन्तोषजनक रुपमा लिन नसकिने उनको निष्कर्ष छ । “लागुऔषधको कुलतमा अहिलेका युवा पिंढी जसरी फसेका छन्, त्यो नै सबैको चिन्ता र चासोको विषय हो”, उनले भने, “यसलाईसबै सरोकारवाला पक्षले गहिरोसँग बुझेर लामो समयदेखि लागुऔषध न्यूनीकरणका लागि अभियानकै रुपमा लागेका विज्ञ अभियान्ताहरुमार्फत युवाहरुलाई सचेत बनाउने गरी प्रहरीले कार्यक्रम गर्नेछ ।”

सिन्थेटिक ड्रग ९कृतिम लागुपदार्थ० को नियन्त्रणमा पहाडी जिल्लामा भन्दा तराईका जिल्ला विशेषगरी भारतीय सीमा क्षेत्रमा डरलाग्दो रुपमा फैलिएकाले लागुऔषधको नियन्त्रणमा अझै कडाका साथ लाग्नुपर्ने उनी बताउँछन् । सीमा क्षेत्रमा सुरक्षा सतर्कता बढाउने, भारतका जिम्मेवार अधिकारीहरुसँग लागुऔषधको अवस्थाका बारेमा छलफल गरेर कडाइ गर्न अनुरोध गर्ने र यसको मुख्य कारोवारीसम्म पुग्नुपर्ने जरुरी रहेको उनको भनाइ छ ।

लागुऔषध तथा मनोसामाजिक कार्यमा रुपन्देहीमा लामो समयदेखि संस्थागत ढङ्गले काम गर्दै आएको चौतारी नेपाल हेल्थ फाउन्डेशन, अस्पतालका सञ्चालक तथा बरिष्ठ नशा, स्नायु तथा मनोरोग बिशेषज्ञ प्रा।डा। मनोज ढुंगाना पनि लागुऔषधको दुव्र्यसनमा युवा समूहको सङ्ख्या डरलाग्दो अवस्थामा रहेको बताउँछन् । लागुऔषधको दुव्र्यसनीमा अधिकांश १६ देखि ३० वर्ष उमेर समूहका शहरिया किशोरकिशोरी रहने गरेको उनको भनाइ छ ।

“आजभोलि गाँजा जहाँसुकै सहजै पाउने र सस्तो पनि हुने भएकाले यसको प्रयोग बढेको छ”, उनले भने, “गाँजा त किराना पसलमा समेत चुरोटमा भरेर राखेर बिक्री गर्छन, कतिपय अवस्थामा औषधिजन्य पदार्थ ९कफ सिरप, चक्की० लाई पनि नशाको रूपमा दुरुपयोग गरिएको छ ।”