वैकल्पिक व्यवस्थापन विनै हटाउन खोजेको भन्दै सुकुम्बासीहरूकाे विरोध प्रदर्शन


काठमाडौं । होल्डिङ सेन्टरमा राखिएका सुकुम्बासीहरूको वैकल्पिक व्यवस्थापन नगरी स्थान खाली गर्न सूचना जारी गरिएको भन्दै सुकुम्बासीहरूले विरोध प्रदर्शन गरेका छन् । उनीहरुले शुक्रवार काठमाडौंको माईतीघरमा विरोध प्रदर्शन गरेका छन् ।

काठमाडौं उपत्यकाका विभिन्न स्थानका बस्ती विस्थापित गरी होल्डिङ सेन्टरमा राखिएका नागरिकको उचित पुनःस्थापना नगरी सेन्टर छाड्न निर्देशन दिइएको भन्दै सुकुम्बासी केन्द्रीय संयुक्त संघर्ष समितिको नेतृत्वमा प्रदर्शन गरिएको हो ।

अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले शुक्रवार सूचना जारी गर्दै १९ असारसम्म होल्डिङ सेन्टर छाड्न समय थप गरेको छ । गत वैशाखमा उपत्यकाभित्रका नदीकिनारका सुकुम्बासी बस्ती हटाएसँगै उनीहरूलाई होल्डिङ सेन्टरमा राखिएको थियो ।