काठमाडौं, असार १२ । अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व अध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले उनलाई आज बुढानीलकण्ठबाट पक्राउ गरेको हो ।
सीआईबी स्रोतका अनुसार शेर्पालाई ठगी तथा आपराधिक विश्वासघात सम्बन्धी कसुरमा अनुसन्धानका लागी पक्राउ गरिएको हो । हात्तीगौंडामा सञ्चालित टुङ्गराम ईन्टरनेशनल एकेडेमीको ८ करोड ७८ लाख ३० हजार रकम अपचलन गरेर शेर्पाले लाभ लिएको आरोप छ ।
एकल हस्ताक्षरबाट बैंक खाता सञ्चालन गर्ने जिम्मेवारी पाएका शेर्पाले आफ्नो पदीय दुरुपयोग गर्दै विद्यालयको स्वामित्वमा रहेको ठूलो परिमाणको सम्पत्ति हिनामिना गरेको अनुसन्धानबाट खुलेको छ। उनले डर, त्रास र अनुचित प्रभावमा पारी विद्यालयको कुल रु. ८,७८,३०,८०२– (आठ करोड अठहत्तर लाख तीस हजार आठ सय दुई रुपैयाँ) हिनामिना गरेका छन्।उनीमाथि थप अनुसन्धान भइरहेको सीबईबीले जनाएको छ ।



प्रतिक्रिया