काठमाडौँ । विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले मन्त्रालयमा सचिवको खोजि गरेका छन् ।
उनले सामाजिक सञ्जालमा लेख्दै मन्त्रालयका लागि योग्य सचिव चाहिएको बताएका छन् । ‘‘विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको सचिवज्यूको कार्यकाल सकिएर असार १७ गते बुधबारदेखि अवकाश लिँदै हुनुहुन्छ’, उनले लेखेका छन् ।
मन्त्री पुनले मन्त्रालयलाई विज्ञान प्रविधि, अनुसन्धान तथा नवप्रवर्तन क्षेत्रमा काम गरेको एकदमै अनुभवी, कर्मठ र कार्य सम्पादन गर्नसक्ने सचिव चाहिएको बताएका छन् । उनले विभिन्न माध्यमबाट योग्य सचिवको खोजी भइरहेको बताउँदै सबैसँग सहयोगको अपेक्षा गरेका छन् ।



प्रतिक्रिया