पद्मश्री साहित्य पुरस्कारका लागि १५ कृतिको सूची सार्वजनिक


काठमाडौं, असार १५ । खेमलाल–हरिकला लामिछाने प्रतिष्ठानले २०८२ सालको पद्मश्री पुरस्कारका लागि १५ पुस्तकको विस्तारित सूची सार्वजनिक गरेको छ । प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेद्वारा प्रेषित विज्ञप्तिअनुसार २०८२ मा प्रकाशित पुस्तकहरू मध्येबाट १४ पुस्तकको विस्तारित सूची सार्वजनिक गरिएको हो ।

जसमा अ–विधवा (गोविन्द गिरी प्रेरणा), कल्प (डा. नवराज लम्साल), जगज्जननी उसकी आमाको नाम होइन (नारायण ढकाल), तुलु राजा (चन्द्रप्रकाश बानियाँ), तोरकीन (क्षितिज समपर्ण), दहाड (नवीन अभिलाषी), परिधि (उमा सुवेदी), पैकेलो (ओम रिजाल), भग्न प्रेमशाला (खगेन्द्र गिरी), मध्यको उज्यालो (भूपिन), महायुग (सीमा आभास), स्वस्पर्श (डा. नवराज केसी), सलह (श्रवण मुकारुङ), सूतपुत्र (शंकरप्रसाद गैरे) र हिउँद (नदीश) कृतिहरू परेका छन् ।

२०८२ सालमा प्रकाशित १९२ वटा साहित्यिक पुस्तक पुरस्कारका लागि प्राप्त भएका थिए । आगामी महिना यही सूचीबाट उत्कृष्ट पाँच कृतिको संक्षिप्त सूची (सर्टलिस्ट) चयन गरिने र अन्तिम चरणमा पद्मश्री साहित्य पुरस्कार विजेता घोषणा गरिने प्रतिष्ठानले जनाएको छ।