काठमाडौँ । अमेरिकी सेनामा कार्यरत एक युवाको गोली लागेर निधन भएको छ । अमेरिकामा बसोबास गर्दै आएका वरिष्ठ समाजसेवी हेम थापा र मायाँ थापाका कान्छा छोरा २४ वर्षिय सुशील थापाको दुई दिनअघि निधन भएको हो ।
उनी ड्युटीका क्रममा भएको दुर्घटनामा दुःखद निधन भएको बुझिएको छ । उनी अमेरिकी सेनामा कार्यरत थिए र केही समयअघि मात्र पदोन्नति भएका थिए। मृतकका बुवा हेम थापाका अनुसार, हतियार सञ्चालन गर्ने क्रममा भएको दुर्घटनामा गोली आफ्नै कन्चटमा लाग्दा घटनास्थलमै उनको मृत्यु भएको हो।
हाल घटनाबारे अमेरिकी निकायले आवश्यक कानुनी प्रक्रिया अघि बढाइरहेको छ, जसका कारण परिवारले अझै शव बुझ्न पाएको छैन। कानूनी प्रक्रिया पूरा भएपछि एकदुई दिनमा परिवारले शव प्राप्त गर्ने आशा गरिएको छ ।



प्रतिक्रिया