बालेन शाह नेतृत्वको सरकार सय दिनमै पूर्ण असफल भयो : दाहाल


बुटवल । नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले वर्तमान बालेन शाह नेतृत्वको सरकार आफ्नो सय दिने कार्यकालमा पूर्ण रूपमा असफल भएको दाबी गरेका छन्।

नेपाल कम्युनिस्ट पार्टी लुम्बिनी प्रदेशको प्रथम एकता बैठक तथा प्रशिक्षण कार्यक्रममा सहभागी हुन शनिबार बुटवल आइपुगेका संयोजक प्रचण्डले सञ्चारकर्मीहरूसँग कुरा गर्दै यस्तो टिप्पणी गरेका हुन्।

“जुन आश्वासन दिएर यो सरकार गठन भएको थियो, त्यसलाई हेर्दा सरकार सय दिनमा पूर्ण रूपमा असफल भएको मैले देखेको छु,” दाहालले भने।

सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले वर्तमान राजनीतिक परिस्थितिमा वाम एकताभन्दा पनि एमाले र नेपाली कांग्रेससहितको सहकार्य बढी आवश्यक रहेको औंल्याए।

शनिबारदेखि सुरु भएको पार्टीको एकता बैठकमा संयोजक दाहालसहित सह-संयोजक माधव नेपाल, नेताहरू नारायणकाजी श्रेष्ठ, वर्षमान पुनलगायतको उपस्थिति रहेको छ।