काठमाडौं, असार २१ । फिफा विश्वकपको अन्तिम १६ को भिडन्तमा घरेलु टोली मेक्सिकोविरुद्ध मैदान उत्रिँदा इङ्ग्ल्यान्डका खेलाडीहरूले एउटा यस्तो ओषधि प्रयोग गर्न पाउने भएका छन्। इङ्ग्ल्यान्डको मेडिकल टोलीले आफ्ना फुटबलरहरूलाई खेलको क्रममा ‘भियग्रा’ खाने अनौठो तर नियमसम्मत अनुमति दिएको छ ।
समुद्री सतहबाट करिब ७ हजार ३५० फिटको अत्याधिक उचाइमा रहेको मेक्सिको सिटीको ‘एस्टाडियो एज्टेका रंगशाला’ मा हावा पातलो हुने र अक्सिजनको कमीले खेलाडीको दम फुल्ने गर्दछ । यही प्राकृतिक चुनौतीसँग जुध्न र खेलाडीहरूको सहनशक्ति तथा रिकभरी क्षमता कमजोर हुन नदिन मेडिकल स्टाफले यो कडा कदम चालेका हुन् ।
औषधि प्रयोग गर्ने वा नगर्ने निर्णय पूर्ण रूपमा खेलाडीहरूको आफ्नै इच्छामा छाडिएको छ । जसको मुख्य उद्देश्य कुनै अतिरिक्त खेल बैगुण वा गलत फाइदा लिनु नभई केवल पातलो हावामा शरीरलाई सन्तुलित राख्नु मात्र हो । वास्तवमा, भियग्राले शरीरको रक्तनलीहरू फराकिलो बनाई रगत र अक्सिजनको प्रवाहलाई तीव्र पार्न मद्दत गर्दछ, जसले गर्दा उच्च उचाइमा खेलाडीहरूलाई खेलिरहन सहज हुन्छ । सबैभन्दा रोचक कुरा त के छ भने विश्व एन्टी-डोपिङ एजेन्सी (डब्लूएडीए) को प्रतिबन्धित सूचीमा यो औषधि पर्दैन । किनकि सामान्य उचाइमा यसले खेल प्रदर्शन बढाउने कुनै ठोस वैज्ञानिक प्रमाण भेटिएको छैन ।



प्रतिक्रिया