रास्वपा सांसद क्रान्तिशिखाको असन्तुष्टि– सडकमा बगिरहेको सुकुम्बासीका आँसुले हामी सबैलाई पोल्नुपर्छ


काठमाडौं, असार २२ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद क्रान्तिशिखा धितालले सरकारले सुकुम्बासीको व्यवस्थापन संवेदनशील, योजनाबद्ध र जिम्मेवार ढंगले गर्न नसकेको बताएकी छन् ।

सुकुम्बासी व्यवस्थापनको नाममा सरकारले अपनाएको कार्यशैलीप्रति असन्तुष्टि जनाउदै उनले सोमबार आफ्नो सामाजिक सञ्जालमा लेखेकी छन्, ‘आज सडकमा बगिरहेका सुकुम्बासीका आँसुले हामी सबैलाई पोल्नुपर्छ। सुकुम्बासीहरूको व्यवस्थापन अत्यन्तै आवश्यक थियो। तर के यो हाम्रो वाचापत्र अनुसार भयो? के अभिभावकीय राज्य यस्तै हुन्छ? जुन संवेदनशीलता, योजना र जिम्मेवारीका साथ यो कार्य अघि बढाइनुपर्थ्यो, त्यसरी भएन। यसले जम्माजम्मी राज्यको कमजोरी र असक्षमतालाई मात्र उजागर गर्‍यो।’