काठमाडौं । देशलाई नै अन्तर्राष्ट्रिय मञ्चमा लज्जित बनाउने गरी रचिएको ‘नक्कली भुटानी शरणार्थी प्रकरण’को बहुप्रतीक्षित फैसला मंगलबार आउँदैछ। जिल्ला अदालत काठमाडौंका न्यायाधीश तेजबहादुर खड्काको इजलासमा गत जेठ २७ गतेदेखि सुरु भएको निरन्तरको बहस र सुनुवाइ सकिएसँगै अदालत अहिले फैसला लेखनको अन्तिम तयारीमा जुटेको छ।
नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा करोडौँको डकैती गर्ने गिरोहमाथिको यो फैसलालाई न्यायालयको इतिहासमै एउटा ठूलो अग्निपरीक्षाका रूपमा हेरिएको छ।
यस प्रकरणमा देशका दुई पूर्वमन्त्री टोपबहादुर रायमाझी र बालकृष्ण खाँड, बहालवाला सचिव टेकनारायण पाण्डे, गृहमन्त्रीका सुरक्षा सल्लाहकार इन्द्रजित राई, मन्त्रीका निजी सचिव तथा पूर्वसभासदसहितका उच्चपदस्थहरू कठघरामा उभिएका छन्। शक्ति र सत्ताको आडमा नेपाली अस्मिता बुझाउने यी अनुहारमाथि अदालतले कस्तो डन्डा चलाउँछ भन्नेमा सिंगो देशको नजर सोझिएको छ।



प्रतिक्रिया