काठमाडौं, असार २९ । कोशी अस्पताल विराटनगरको जग्गामा विभिन्न संघ संस्थाले निर्माण गरेको संरचना भत्काउन तीनतिरबाट डोजर चलाइएको छ । कोशी अस्पताल अगाडि र दक्षिण पूर्वतर्फ अस्पताल चोक र देवकोटा चोक तर्फबाट डोजर चलाएर संरचना भत्काउन थालिएको हो ।
विराटनगर–७, अस्पताल चोकमा रहेको अस्पतालको जग्गामा नेपाल रेडक्रस सोसाइटी (ब्लड बैंक), नेपाल क्षयरोग निवारण संस्था, गणेश मन्दिर समिति र देवकोटा पुस्तकालयले स्थायी संरचना निर्माण गरी प्रयोग गर्दै आएका थिए।
ती संस्थाहरुले अस्पतालको जग्गामा सटरहरू निर्माण गरी तेस्रो पक्षलाई व्यापारिक प्रयोजनका लागि २६ वटा सटर भाडामा लगाएका थिए। संरचना भत्काउन आज बिहानैदेखि मोरङका प्रहरी प्रमुख कबित कटवाल, सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालासहितको टोली आफैं खटिएका छन् । अहिले त्यहाँ बाक्लो मात्रामा प्रहरी परिचालन गरिएको छ ।



प्रतिक्रिया