अस्पतालको बेडबाट जेनजी अभियन्ता माजिदले भने-‘मेराे जीवनको रक्षा गरिदिनुस्’


, काठमाडौं । जेनजी अभियन्ता माजिद अन्सारीले आफ्नो जीवन र स्वतन्त्रताको सुरक्षा सुनिश्चित गरिदिन माग गरेका छन् ।

महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचाररत अन्सारीले समाजिक सञ्जालमार्फत एक वक्तवय जारी गर्दै आफूलाई प्रहरीले गैरकानूनी रूपमा पक्राउ गरी कुटपिट गरेको आरोप लगाएका छन् ।

उनले सबै सम्बन्धित सरकारी निकाय, संघीय संसदका सदस्यहरू, प्रतिनिधि सभाअन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समिति, नागरिक समाज, अन्तर्राष्ट्रिय मानव अधिकार समुदाय तथा मानव अधिकार रक्षकहरूसँग आफ्नो जीवन र स्वतन्त्रताको सुरक्षा सुनिश्चित गरिदि आग्रह गरेका हुन् ।

कीर्तिपुरको सुकुमवासी होल्डिङ सेन्टरमा पुगेका अन्सारीलाई प्रहरीले गत शनिबार कुटपिट गरी नियन्त्रणमा लिएको थियो । ‘मलाई अहिलेसम्म मेरो पक्राउको कारणबारेमा कुनै जानकारी दिइएको छैन, न त मलाई कुनै पक्राउ पुर्जी देखाइएको छ । मेरो पक्राउको कानुनी हैसियतबारेमा पनि कुनै स्पष्टता छैन । के गृहमन्त्री वा प्रहरी प्रमुखज्यूले यो कुरा स्पष्ट पार्न सक्नुहुन्छ कि यी सबै गैरकानुनी कारबाहीहरू किन यति लक्षित तरिकाले मविरुद्ध गरियो ?,” अन्सारीले प्रश्न गरेका छन् ।