आज देशभरका सरकारी कार्यालयमा झन्डा आधा झुकाइने


काठमाडौं, असार ३० । कतारका पूर्वअमिर शेख हमिद बिन खालिफा अल थानीको मृत्युको शोकमा मंगलबार सरकारी कार्यालयहरूमा सरकारी झन्डा आधा झुकाउने निर्णय सरकारले गरेको छ।

शोक मनाउनका लागि नेपालभरका सरकारी कार्यालय तथा कतारस्थित नेपाली दूतावासमा झन्डा आधा झुकाउने निर्णय भएको गृह मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। पूर्वअमिर थानीले नेपालीलाई कतारमा रोजगारीको ढोका खोलेका थिए।