बारा । गृहमन्त्री सुधन गुरुङ निजगढमा पुगेका छन्। मंगलबार बिहान मिटरब्याज विरुद्ध पैदल मार्च गर्दै जनकपुरबाट काठमाडौँ हिँडेकाहरूलाई भेट्न उनी निजगढ पुगेका हुन् ।
यात्राको छैठौँ दिन नेपाल सरकारको तर्फबाट वार्ताका लागि गृहमन्त्री त्यहाँ पुगेका हुन्। निजगढस्थित उद्योग वाणिज्य संघको हलमा गृहमन्त्रीसँग ६ बुँदे मागबारे पहिलो चरणको वार्ता सम्पन्न भएको पैदल यात्रीहरूले बताएका छन्।
दोस्रो चरणको वार्ताको लागि सरकार र आन्दोलनरत दुवै आन्तरिक गृहकार्यमा जुटेका छन्। गृहमन्त्रीले उनीहरूका मागबारे प्रधानमन्त्रीसँग सल्लाह गर्ने बताएका छन्।



प्रतिक्रिया