अचानक सदनमा आएका प्रधानमन्त्री बालेन र रास्वपा सभापति रवि निस्किए


काठमाडौं । अचानक प्रतिनिधिसभा बैठकमा सहभागी हुन पुगेका प्रधानमन्त्री बालेन शाह र रास्वपा सभापति रवि लामिछाने बैठकबाट निस्किएका छन् ।

उनीहरु बैठकमा सहभागी हुन दिउँसो १ बजेर ३७ मिनेटमा प्रवेश गरेका थिए ।

प्रधानमन्त्री बालेन र सभापति लामिछाने प्रतिनिधिसभा बैठकमा करिब २२ मिनेट बसेर फर्किका हुन् ।

राप्रपा सांसद खुश्वु ओलीले बोल्दाबोल्दै प्रधानमन्त्री बालेन र सभापति लामिछाने बैठकमा प्रवेश गरेपछि एमाले सांसद ऐन महरले प्रतिनिधिसभा नियमावलीको नियम २० को खण्ड छ मा भएको व्यवस्था उल्लंघन भएको भन्दै आपत्तिसमेत जनाए ।