काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि कारागारमा रहेका बेचन झा रिहा भएका छन् । करिब दुई वर्षदेखि कारागारमा रहेका उनी बुधबार सुन्धारा कारागारबाट निस्किएका हुन् ।
जिल्ला अदालत काठमाडौंले मंगलबार मात्रै ठगी मुद्दामा झालाई एक वर्ष कैद र १० हजार रुपैयाँ जरिबानाको सजाय सुनाएको थियो । तर उनी उक्त सजाय अवधिभन्दा धेरै समयदेखि हिरासत तथा कारागारमा बसिसकेकाले थप कैद बस्नु नपर्ने भएको हो ।
बेचन झा २०८१ साल असार १४ गते पक्राउ परेका थिए । त्यसयता उनी पुर्पक्षका लागि सुन्धारा कारागारमा रहेका थिए ।
कारागारबाट रिहा भए पनि सम्पत्ति शुद्धीकरण विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग सम्बन्धित कानुनी प्रक्रिया पूरा गरी उनी तारेखमा बस्नेछन् ।



प्रतिक्रिया