साउन १ देखि त्रिवि पाठ्यक्रम विकास केन्द्रबाट समकक्षता निर्धारण कार्य बन्द हुने


काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) पाठ्यक्रम विकास केन्द्रले लामो समयदेखि गर्दै आएको उच्च शिक्षाको उपाधि समकक्षता निर्धारण गर्ने कार्य पूर्ण रूपमा बन्द गरेको छ । केन्द्रले आज एक सूचना जारी गर्दै ‘केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०८२’ को दफा २८ बमोजिम विश्वविद्यालय अनुदान आयोग ऐन, २०५० को दफा ६ मा संशोधन भएसँगै यो निर्णय गरिएको बताइएको छ ।

नयाँ कानुनी व्यवस्थाअनुसार अब उच्च शिक्षाको उपाधि समकक्षता निर्धारण गर्ने सम्पूर्ण जिम्मेवारी विश्वविद्यालय अनुदान आयोगलाई सुम्पिएको छ । ​यस नयाँ व्यवस्था कार्यान्वयनमा आएसँगै त्रिभुवन विश्वविद्यालय पाठ्यक्रम विकास केन्द्रले मिति २०८३ साल साउन १ गतेदेखि समकक्षताका लागि नयाँ आवेदन लिन बन्द गरिसकेको छ।