बागमती सरकारबाट राजिनामा दिने तयारीमा एमालेका मन्त्रीहरू


हेटौँडा । बागमती प्रदेश सरकारबाट एमालेका मन्त्रीहरूले राजिनामा दिने भएका छन् । एमालेका मन्त्रीहरूले आज दिउँसो ४ बजे बस्ने मन्त्रिपरिषद् बैठक पछि राजीनामा दिने तयारी गरेका हुन् ।

बिहीबार पत्रकार सम्मेलन मार्फत एकालेका नेता तथा स्वास्थ्य मन्त्री किरण थापा मगरले राजीनामा बुझाउने तयारी भएको बताए ।

सरकारमा एमालेबाट स्वास्थ्य मन्त्री थापा सहित कृषि तथा पशुपन्छी विकास मन्त्री मधुसूदन पौडेल, भौतिक पूर्वाधार विकास मन्त्री डा।दिनेशचन्द्र देवकोटा, श्रम रोजगार तथा यातायात मन्त्री जयराम थापा, वन तथा वातावरण मन्त्री भरतबहादुर केसी र उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्री बिन्दु श्रेष्ठ रहेकी छिन् ।

केन्द्रीय तहमा नेपाली कांग्रेस र नेकपा एमाले बिचको सत्ता साझेदारी टुटेपसँगै ाितै प्रदेशको सरकार फेरबदन हुने भएको छ ।