संस्कृत विश्वविद्यालयको उपकुलपतिमा प्राडा. खतिवडा नियुक्त


काठमाडौं । नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपतिमा प्राडा. भीमप्रसाद खतिवडा नियुक्त भएका छन् । प्रधानमन्त्री एवं कुलपति बालेन्द्र शाहले खतिवडालाई उपकुलपतिमा नियुक्त गरेका हुन् ।

उपकुलपतिमा नियुक्त भएका खतिवडालाई शिक्षामन्त्री सस्मित पोखरेलले शपथ खुवाएका छन् ।

अध्यादेशबाट विश्वविद्यालयका उपकुलपति पदमुक्त भएपछि संस्कृत विश्वविद्यालयमा नयाँ उपकुलपति नियुक्त गरिएको हो ।