धनगढी। चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसी २४औँ आमरण अनशन बस्न कैलालीको धनगढी पुगेका छन्। सरकारले आफ्ना ५ बुँदे मागप्रति बेवास्ता गरेको भन्दै उनले कृष्ण मन्दिर धर्मशालामा अनशन सुरु गर्ने जनाएका छन्।
डा. केसीले शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय ऐनमा राजनीतिक स्वार्थ रहेको, छात्रवृत्ति कटौती र निजी कलेजमा नियमविपरीत सिट वृद्धि फिर्ता हुनुपर्ने माग राखेका छन्।
यता, गेटामा विश्वविद्यालय बन्न नदिने खेलमा लागेको आरोप लगाउँदै स्थानीय नागरिक अगुवाहरूले डा. केसीको कडा विरोध गरेका छन्। उनलाई अनशनस्थल नदिन र स-सम्मान काठमाडौँ फर्काउन स्थानीयले माग गरेका छन्।




प्रतिक्रिया