काठमाडौँ । नेपाली कांग्रेसभित्रको आन्तरिक गुटबन्दी र तिक्तता बीपी स्मृति दिवसका अवसरमा पुनः छताछुल्ल भएको छ। पार्टीको इतर पक्षले हिजो आयोजना गरेको छुट्टै कार्यक्रममा नेताहरूले सभापति गगन थापामाथि तीव्र आलोचना गरेपछि थापाले त्यसको जवाफ व्यङ्ग्यात्मक शैलीमा फर्काएका छन्।
काठमाडौँमा आयोजित बीपी स्मृति दिवस कार्यक्रमलाई सम्बोधन गर्दै सभापति थापाले बीपी स्मृतिको सन्दर्भलाई आफूविरुद्धको ‘निन्दा प्रतियोगिता’का रूपमा प्रयोग गरिएको टिप्पणी गरे।
इतर समूहका शीर्ष नेताहरूले छुट्टै आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्ने अधिकांश वक्ताहरूले बीपीको आदर्श र वर्तमान नेतृत्वको कार्यशैलीलाई जोडेर सभापति थापाको कडा आलोचना गरेका थिए।
आफूलाई टार्गेट गरेर जोडदार आलोचना गरिए पनि थापाले पार्टीभित्रका अग्रज र सहकर्मीहरूप्रति सम्मान कायम राख्नकै लागि आफूले ती टिप्पणीहरूलाई बेवास्ता गर्ने बाटो रोजेको बताए।
सभापतिको यो भनाइले कांग्रेसभित्र संस्थापन र इतर पक्षबीच चर्कँदै गएको आन्तरिक द्वन्द्व, मतभेद र नेतृत्वप्रतिको असन्तुष्टिलाई थप सतहमा ल्याइदिएको छ।




प्रतिक्रिया