भद्रपुर (झापा), ७ साउन । भन्सार छलेर भारतबाट अवैध रूपमा नेपाल भित्र्याउँदै गरेका रु सात लाख बढी मूल्यका लत्ताकपडा बरामद गरिएको छ ।
सशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी निरीक्षक बाबुकाजी कटवालको नेतृत्वमा खटिएको टोलीले मेचीनगर नगरपालिका–८ मेची बस्ती क्षेत्रमा रिक्सामा राखेर नेपालतर्फ ल्याइँदै गरेको २४ बोरा लत्ताकपडा नियन्त्रणमा लिएको हो ।
बरामद गरिएका लत्ताकपडा मेची भन्सार कार्यालय, काँकडभिट्टामा बुझाइएको छ । भन्सार कार्यालयले उक्त सामानको भन्सार मूल्य रु सात लाख ३१ हजार ४९० कायम गरेको सशस्त्र प्रहरी नायब उपरीक्षक सुमन पोखरेलले जानकारी दिए ।
उनका अनुसार अवैध चोरी–निकासी तथा पैठारीजन्य गतिविधि नियन्त्रण गर्न सशस्त्र प्रहरी बल नेपालको सक्रियता जारी छ । /file photo




प्रतिक्रिया