इरानलाई हतियार बिक्री नगर्न रूस र चीनलाई ट्रम्पको चेतावनी


काठमाडौं, साउन ८ । चीन र रूसलाई इरानलाई हतियार बिक्री गरेमा यो उनीहरूको हितमा नहुने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार चेतावनी दिएका छन् ।

उनले चिनियाँ राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबाट आफूले अहिलेसम्म त्यस्तो नगरेको आश्वासन प्राप्त गरेको भन्दै यसप्रति आफू विश्वस्त रहेको बताए।

“इरानसँग सम्बन्धित रूपमा प्रायः चर्चा गरिने दुई ठूला देश मेरो विचारमा यसमा संलग्न छैनन्,” राष्ट्रपति ट्रम्पले आफ्नो ट्रुथ सोसल सञ्जालमा लेखेका छन् ।

उनले भनेका छन्, “यदि उनीहरूले त्यसो गरे भने उनीहरूका लागि यो निकै खराब हुनेछ । यो निश्चित रूपमा उनीहरूको हितमा हुँदैन।”